पोखरा म्याराथनका लागि भुपु मञ्चलाई चिप्स हस्तान्तरण

पाेखरा | माघ ९, २०८०

पोखरा म्याराथनका लागि भुपु मञ्चलाई चिप्स हस्तान्तरण

पोखरा:     नेपाल भुतपुर्व खेलाडी मञ्च कास्कीलाई १८ औं संस्करणको सफल पोखरा म्याराथनका लागि चिप्स हस्तान्तरण गरिएको छ । 


१८ औं पोखरा म्याराथनको युके संयोजक  तथा सामाजिक अभियन्ता मन्जु गुरुङले मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीलाई सोमबार चिप्स हस्तान्तरण गरेकी हुन । स्तन क्यान्सर पिडित समेत रहेकी पुर्व भलिबल खेलाडी गुरुङले क्यान्सर पछिको जीवन सम्भव रहेको भन्दै म्याराथनमा च्यारिटी रन समेत गर्दै आएकी छिन । युकेमा रहेका सहयोगीहरुले चुप्सको सौजन्य गरेका हुन । 


साथै मञ्चका अध्यक्ष पराजुली, निवर्तमान अध्यक्ष तेज गुरुङ र प्रतियोगिता संयोजक दिलबहादुर गुरुङले उनलाई पोखरामा स्वागत समेत गरेका छन् । १८ औं संस्करणलाई पुर्ण प्रविधीमैत्री बनाउन यश पटक सबै इभेन्टमा चिप्सको प्रयोग गरिदै छ । चिप्स जडानले प्रतियोगितालाई थप स्तरीय बनाउने आयोजकको विस्वास रहेको छ ।


मञ्चका अध्यक्ष हरि पराजुलीले आफुहरुलाई आवश्यक पर्ने चिप्स आएको सुनाए । उनले यसले म्याराथनको गुणस्तरीयतालाई अझ प्रभावकारी बनाउन मद्दत मिल्ने बताए । प्रतियोगिता संयोजक दिल बहादुर गुरुङले खुल्ला म्याराथन, पगण्डकी प्रदेशस्तरीय म्याराथन, महिला हाफ म्याराथन, १० किमि (महिला/पुरुष), ५ किमि (छात्र/छात्रा) दौडमा चिप्सको प्रयोग हुने जानकारी दिए । ह्विलचियर, दृस्टीविहिन र भेट्रान दौडमा चिप्सको प्रयोग हुने छैन । 


संस्थाका निवर्तमान अध्यक्ष तेज गुरुङले अन्तर्राष्ट्रिय म्याराथनको अनुसरण गर्दै चिप्स प्रयोगलाई अघि बढाउने प्रयास अघिल्लो वर्षबाट सुरु गरि यस पटक पुरै दौडमा प्रयोग गरिने बताए ।


चिप्सले धावकको समयको गणना गर्नेछ । स्टार्टिङ र इन्डिङ पोइन्टमा सेन्सर जडान हुनेछ ।

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्